सञ्चारमाध्यमले भाषा बिगारे





७ मंसीर, दमक।
नेपाल पत्रकार महासंघ झापाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा आज झापाको दमकमा 'समाचारमा भाषाको प्रयोग' विषयक अभिमुखीकरण सम्पन्न भएको छ ।
त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा पत्रकार शरदचन्द्र वस्तीले अभिमुखीकरणको सहजीकरण गर्दै सञ्चारमाध्यमले भाषा बिगारेको बताए । उनले सञ्चारकर्मीले सरल, शुद्ध र मर्यादित भाषाको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको अभिमुखीकरणको औचित्यमाथि उपाध्यक्ष तारामणि सापकोटाले प्रकाश पारेका थिए । पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सहसचिव गोपाल झापालीले गरेका थिए ।



अभिमुखीकरणमा ४६ जना सञ्चारकर्मीको सहभागिता थियो ।
महासंघकै आयोजनामा 'समाचारमा भाषाको प्रयोग' विषयक अभिमुखीकरण हिजो शनिबार बिर्तामोडमा ८० जना सञ्चारकर्मीको सहभागितामा भएको थियो ।
अभिमुखीकरणमा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, नेपाली विषयका शिक्षकहरु विन्दु दाहाल, नरपति पाण्डे, ओमप्रसाद गौतम, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य चेतन अधिकारी, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष टीकाराम उप्रेती, प्रेस युनियनका सचिव उमाकान्त खनाल, सहसचिव गिरिराज भट्टराई, चौतारीका सचिव मनकुमार गदाल, फोनिजका अध्यक्ष गणेशमान मुखिया, पत्रकार मञ्च दमकका अध्यक्ष विष्णु पोखरेल, प्रेस क्लब सुरुङ्गाका बरिष्ठ उपाध्यक्ष लीलाराज झापाली, सुनसरीका पत्रकार शेखर ढकाल र हिमाल दाहाल, चौतारी दमक क्षेत्रका अध्यक्ष युवराज विवश लगायतको आतिथ्य रहेको थियो ।








Comments