सफारी रिक्सा सञ्चालनमा रोक लगाउन माग


-->

२ मंसीर, दमक।
ब्याट्रीबाट चल्ने सिटी सफारी रिक्सा सञ्चालनमा रोक लगाउन यहाँका बिभिन्न मजदुर संगठनहरुले माग गरेका छन् ।
मजदुरहरुसँग सम्बद्ध विभिन्न ४ वटा संस्थाहरुले सिटी सफारीका कारण रिक्सा चालकहरुको रोजीरोटी संकटमा परेको भन्दै तत्काल सञ्चालनमा रोक लगाइदिन प्रशासनसँग माग गरेका हुन् ।
सोमबार झापाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै दिइएको ज्ञापन पत्रमा कानुनी रुपमा मान्यता दिएपछि मात्र सञ्चालनमा अनुमति दिन माग गरिएको छ । पत्रमा रिक्सा चालकहरुलाई सहुलियतमा ऋण सुबिधा दिई सोही सवारी किन्ने बातावरण बनाई दिन पहल गर्न मागसमेत गरिएको छ ।

जिल्लाका ६ वटै नगरपालिका, ट्राफिक प्रहरी, यातायात कार्यालयलाई समेत पत्रको बोधार्थ दिइएको छ । नेपाल ट्रेड युनियन महासंघ मेची, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले ज्ञापन पत्र बुझाएका हुन् ।
अहिले जिल्लाका केही बजारहरुमा ब्यट्रीबाट चल्ने सो रिक्सा कुदाउन थालिएपछि रिक्सा चालकहरुले बिरोध जनाएका छन् ।

-->

Comments