यूनिकको अवलोकन भ्रमण सम्पन्न


-->

५ मंसीर, दमक।
दमक १३ स्थित यूनिक कलेजले कक्षा ११ र १२ मा पत्रकारीता विषय अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई पूर्वी पहाडी जिल्लाहरूको अवलोकन भ्रमण गराएको छ । गत कार्तिक २७ गतेदेखि एक हप्ता लामो भ्रमणका क्रममा विद्यार्थीहरुलाई पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम तथा धनकुटाको भ्रमण गराइएको थियो ।
पत्रकारीता विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई पहाडी जीवनशैलीका बारेमा जानकारी गराउने उद्देश्यले हरेक बर्षझैं यस बर्षपनि पूर्वी पहाडी जिल्लाहरुको भ्रमण गराइएको यूनिक कलेजका प्राचार्य लेखनाथ सेढाईंले जानकारी दिए । उनले फिदिमबाट आठराईको चौवानडाँडा, छातेढुङ्गा, संग्रान्ती, ह्यात्रुङ झरना, र म्याग्लुङ सम्मको पैदल यात्रा गरी विद्यार्थीहरुलाई नेपालको भौगोलिक क्षेत्रका बारेमा समेत जानकारी गराइएको बताए ।
भ्रमणका क्रममा त्यस क्षेत्रमा पर्ने विभिन्न विद्यालयहरुमा यूवा लक्षित विभिन्न जनचेतनामुलक कार्यक्रमसमेत गरिएको भ्रमणमा सम्लग्न पूर्व क्याम्पस प्रमुख टेकनाथ भण्डारीले जानकारी दिए ।
भ्रमणमा क्याम्पस प्रमुख सेढाईं, पूर्व प्रमुख भण्डारी, विषय शिक्षक चेतन अधिकारी, पत्रकारहरु राजेश कुइँकेल र कुमार गजुरेल सहित २७ जना सहभागी रहेका थिए ।


-->

Comments