प्रहरी कार्यालयमा स्कूले जोडीको विवाह




२५ कार्तिक, दमक।
झापाको महारानीझोडाका एक जोडीले आज इलाका प्रहरी कार्यालय दमकको दुर्गा मन्दिरमा बिवाह गरेका छन् ।
महारानीझोडा ५ का मनोज खतिवडा र कोहवरा २ को चप्रामारीकी कल्पना कार्कीले दमकका सामाजिक अगुवा, छिमेकीहरुलाई साक्षी राखेर बिवाह गरेका हुन्।
मन्दिरमा मनोजले कल्पनालाई सिदुर पोते लगाएर 'आजबाट हामी श्रीमान श्रीमती भयौं' भनेर घोषणा गरेपछि सहभागी सबैले ताली बजाएर स्वागत गरेको कल्पनाकी छिमेकी कोहवरा २ की सुशीला सिटौलाले बताइन् ।


'मन्दिरको घण्टी बजाएर कार्यालय परिसरमा भएका सबैलाई बोलाएर केटा केटीले मन्दिरमा पूजा गरेर एकैछिनमा बिवाह गरे' नारी एकता मञ्चकी सदस्य सुन्दर देवी शाहले भनिन्, 'उनीहरुलाई सुखद दाम्पत्य जीवनका लागि शुभकामना दियौं।'
६ महिना अघिबाट माया पिरती बसेको र कसैको दवावमा नभई दुवैजना आफ्नो राजीखुशी बिवाह गरेको वेहुली कल्पनाले बताइन् । केटा कोहवरा- २ स्थित भद्रकाली उच्चमाविको कक्षा १२ र केटी कक्षा १० पढदै गरेको बताइएको छ।




Comments