खोल्सामा शिशुको शव




७ मंसीर, सुनसरी।
सुनसरीको धरानमा आज साँझ एक शिशुको शव फेला परेको छ ।
साँझ साढे ५ बजेतिर धरान-१७ स्थित नमस्तेचोकको खोल्सामा करिब ५/६ महिनाको शिशु (छोरा) को शव फेला परेको हो।
खोल्सामा शिशुको शव फालिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी निरीक्षकको टोली खटिगई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।



Comments