यौनजन्य कृयाकलापमा संलग्न दुई जोडी पक्राउ




८ मंसीर, मोरङ।
मोरङको बिराटनगर १७ स्थित एक घरबाट प्रहरीले गएराति यौनजन्य कृयाकलापमा संलग्न दुई जोडी युवा-युवतीलाई नियन्त्रणमा लिएको छ ।
स्थानीय शिव अधिकारीको भाडामा रहेको घरबाट आइतबार राति करिब साढे दश बजे सप्तरी राजविराज ५ निवासी २३ वर्षिय उमेश ईसर, २८ वर्षिय सुमित यादवका साथै झापाको सुरुङ्गा र अनारमनिका खातुन र यादव थरका १८ र २१ वर्षिया दुई युवतीहरूलाई यौनजन्य गतिविधी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीयले सो घरमा यौनजन्य कृयाकलाप हुँदैछ भन्ने सुचना दिएपछि इलाका प्रहरी कार्यालय रानीका प्रहरी टोलीले घरमा छापा मार्दा उनीहरु चारैजना एउटै कोठाभित्र आपत्तीजनक अवस्थामा फेला परेका थिए।



पक्राउ परेका युवतीहरुले आफूहरु स्थानीय रेष्टुरेन्टमा काम गर्ने र युवाहरु सोही रेष्टुरेन्टमा आएका ग्राहक भएको बताए । युवतीहरुले घरधनि बाहिर रहेको र उनीहरुले घर भाडामा लिई यौन व्यवसाय संचालन गर्दै आएको बताएका छन्।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालले होटल तथा लजहरुमा प्रहरीले चेकजाँचमा कडाई गरेपछि यौन पेशामा संलग्नहरुले व्यवसायका लागि भाडाका घरहरु प्रयोग गर्ने थालेको बताए। उनले आगामी दिनमा प्रहरीले भाडामा दिइएका त्यस्ता घरहरुमा अझ निग्रानी बढाउनेसमेत बताए।
पक्राउ परेका चारैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट सार्वजनिक ऐन अन्तरगत मुद्दा दर्ता गरी म्याद थप गरिएको बताएको छ ।




Comments