करेन्ट लागेर मेकानिकको मृत्यु






८ मंसीर, सुनसरी।
सुनसरीको इटहरी ५ स्थित एक वर्कशपमा काम गर्ने एकजना मेकानिकको आज अपरान्ह करेन्ट लागेर मृत्यु भएको छ ।
उमेश वर्कशपमा काम गर्ने सप्तरी राजविराज १ बस्ने १७ वर्षिय मेकानिक अस्मान मुसलमानको करेन्ट लागेर मृत्यु भएको हो ।
वर्कशपमा काम गर्नेक्रममा दिउँसो पौने तीन बजेतिर करेन्ट लागेर गम्भीर भएका उनको उपचारकाक्रममा एक घण्टापछि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।





Comments