हिमशिखरमा कंचनजंघाको 'दोवाटे' आउँदै




२७ कार्तिक, दमक।
नाट्य क्षेत्रमा पूर्वमा ख्याति कमाएको मोरङको पथरी शनिश्चरेस्थित कंचनजंघा नाट्य समूहले हाँस्यव्यङ्ग्य टेलिचलचित्र 'दोवाटे' निर्माण गरेको छ ।
कला क्षेत्रमा नाट्य समूहको केही वर्षको निस्कृयतालाई तोड्दै अवको निरन्तरताका लागि समसामयिक विषयवस्तुमाथि व्यङ्ग्य प्रहार गर्ने उद्देश्यले 'दोवाटे' निर्माण गर्न थालिएको यसका लेखक एवम् कलाकार भूपेन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।
स्थानीय हिमशिखर टेलिभिजनसँगको सहकार्यमा सोही टेलिभिजनबाट प्रशारण गरिने टेलिचलचित्रको जिरिखिम्ती टोलमा छायांकन कार्य सुरु भएको छ । पहिलो भाग छायांकन भएको टेलिचलचित्रको प्रसारण मंसिरको पहिलो साताबाट हुने त्यसका निर्देशक हरेन्द्र खत्रीले बताए।
चलचित्रमा गोपाल काफ्लेको छायांकन, दिपेन्द्र दहाल र भीष्म न्यौपानेको व्यवस्थापन, मात्रिका पौडेलको सहायक निर्देशन रहेको छ भने भूपेन्द्र तिम्सिना, ज्योति अधिकारी, अभय पोखरेल, कमलराज भुजेल, भीष्म न्यौपाने, कमला घिमिरे, मात्रिका पौडेल, हरेन्द्र खत्री, दिपेन्द्र दहाल, मनोज न्यौपाने, लक्षणा राई, कमल दहाल काका, रेश्मा धिमाल, पंकज सापकोटा सहितको अभिनय रहने छ ।



Comments