पूर्व प्रहरीको अन्त्येष्टीमा सलामी





१० मंसीर, दमक।
झापाको दमक-५ मा निधन भएका भूतपूर्व नेपाल प्रहरी रामकुमार सुनुवारको प्रहरी सलामीसहित अन्त्येष्टी गरिएको छ । नेपाल प्रहरी संगठन क्षेत्रीय समिति झापा क्षेत्र नं ७ का अध्यक्ष प्रतिमान तामाङ र जिल्ला अध्यक्ष खड्ग बहादुर खड्काले मंगलबार उनको पार्थिव शरीरमा संगठनको झण्डा ओढाएका थिए भने इलाका प्रहरी कार्यालय दमकको टोलीले अन्तीम सलामी दिएको थियो । रामेछापमा जन्मिएका सुनुवार मृगौलासम्बन्धी रोगबाट पीडित थिए । उनको मृगौलामा भएको खराबीकै कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय सुनुवारका श्रीमती, र तीन छोरी छन् ।



Comments