वहुविवाह गर्ने दम्पती जेल चलान




१२ मंसीर, दमक।
बहुविवाह आरोपीत दमकका एक दम्पती पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत झापाको आदेशमा दमक- १५ का ४४ बर्षीय रामहरी कार्की र उनकी कान्छी पत्नी ३४ बर्षीया सन्ध्या ढकाल कार्की पुर्पक्षका लागि जिल्ला कारागार झापामा चलान भएका हुन् ।
आरोपी कार्कीले ०६७ साल भदौ ३ गते धरमपुर -९ की कुमारी कार्कीलाई मागी विवाह गरेका थिए । त्यसपछि उनी वैदेशिक रोजगारीका लागि अरब मुलुक गएका थिए । विवाहपछि पटक पटक नेपाल आउँदै जाँदै गरेका आरोपितले ०७१ असोज १५ गते दोस्रो पत्नीको रुपमा सन्ध्यालाई विवाह गरेका थिए ।
त्यसपछि जेठी श्रीमती कुमारीले गत कार्तिक २४ गते इलाका प्रहरी कार्यालय दमकमा बहुविवाह गरेको भन्दै उजुरी गरेकी थिइन् । प्रहरीले सोही दिन नै ती दम्पतीलाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो ।
कार्की नेपाली सेनाका पेन्सनर पूर्व जमदार हुन् । उनले यसअघि पनि एक महिलालाई विवाह गरेका र उनी तर्फबाट २ जना सन्तान रहेको खुलासा भएको छ ।

Comments