बिर्तामोडमा गाई चटारिएपछि.......





३० कार्तिक, विर्तामोड ।
सिंहदेवी मन्दिर निर्माण समिति, शान्तिपुर, इलामको सहयोगार्थ शनिबार साँझ बिर्तामोडमा साङ्गितीक कार्यक्रमको आयोजना गरिएको छ । देशका विभिन्न स्थानमा साङ्गितीक यात्रा गरी मन्दिर निर्माणका लागि रकम संकलन गर्दै गरेका गायक रमेश राईले झापाको बिर्तामोडमा शनिबार रमेश राई साङ्गितीक टुर अन्तर्गत झापाका हजारौं दर्शकलाई नचाए।

काठमाण्डौंबाट थालिएको साङ्गितीक यात्रा इलामका विभिन्न ठाउँ हुँदै झापाको बिर्तामोडमा आयोजना गरिएको गायक रमेश राई बताउँछन् । हजारौंको संख्यामा दर्शकको उपस्थिति रहेको कार्यक्रममा सोरठी कला केन्द्र, बुधबारेका र विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।







कार्यक्रममा लोकगायक सोमराज राईले 'झापा झर्नेलाई, ठूलो पाप लाग्ला है मिसकल गर्नेलाई ....' बोलको उनको नयाँ गीत प्रस्तुत गरेका थिए । यस्तै गायक दिपेन याक्थुम्बाले उनको एसएमएस एल्वमबाट 'मैले अन्तै पठाएको एसएमएस..' लगायतका गीतहरु प्रस्तुत गरेका थिए । गायक दिपेन गुरुङले फर्किफर्कि हेर्नेलाई..., कान्छी मट्याङट्याङ....., लगायतका गीतहरु प्रस्तुत गरी दर्शकलाई नचाएका थिए ।

कार्यक्रमका मुख्य आकर्षणका रुपमा रहेका गायक रमेश राईले 'तिमीलाई नै माया गर्छु', 'समाजमा जातै जानेको डर....', 'ओ मिस..., माया जिन्दावाद......', 'गाई चटारिन्छ, तरुनी देख्दा मन बटारिन्छ...' जस्ता गीत प्रस्तुत गर्दै उपस्थित दर्शकलाई त नचाए नै कार्यक्रमका अतिथिहरुले पनि मन थाम्न नसकेर स्टेजमै कम्मर मर्काएका थिए ।

साहित्यकार तथा समाजसेवी मिनेन्द्र अगुवा (लिम्बु)को अध्यक्षता तथा शिक्षासेवी जयनारायण ढुङ्गानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा काठमाण्डौ संस्कृत विद्यापीठका प्राचार्य डा.भोलानाथ भट्टराई, बरिष्ठ गीतकार अर्जुन सापकोटा, कृष्ण खरेलल, साहित्यकार प्रेम विवशलगायतले मन्तव्य राखेका थिए । मन्दिर निर्माण समितिका सदस्य बुद्धिबहादुर ढकालले स्वागत गरको कार्यक्रम शम्भु दाहालले सञ्चालन गरेका थिए ।













Comments