बाँस्तोलाको नेतृत्वमा सउमावि इटहरा अनेरास्ववियु




२७ कार्तिक, इटहरा।
पूर्वी मोरङका क्याम्पसहरुमा कमिटी गठन गर्ने क्रममा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले बिहिबार इटहरा ७ मा रहेको सरस्वती उच्च माविमा सन्तोष बाँस्तोलाको अध्यक्षतमा २७ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ ।
गठित क्याम्पस कमिटीको उपाध्यक्षमा सम्झना कट्टेल, सचिवमा महेश बराल, सहसचिवमा माया निरौला र कोषाध्यक्षमा तुलशी खड्का चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रेम खड्का, सन्तोष नेपाली, सबिना श्रेष्ठ, सपना बस्नेत, पुनम अधिकारी, मुना पाण्डे, योगेश ढुंगाना, रेवतिरमण भट्टराई, प्रकाश थापा, पूजा पौडेल, नबिना योगी, सुष्मा देवान, बिशाल थापा, ममता राईलगायत रहेका छन् ।

अनेरास्ववियु जिल्ला कमिटी सदस्य इश्वर भण्डारीको प्रमुख आतिथ्यतामा क्याम्पस कमिटी गठन गरिएको उर्लाबारी बहुमुखी क्याम्पस कमिटीका सचिव तीर्थ बस्नेतले जानकारी दिए ।



Comments