धान झार्ने थ्रेसरले च्याप्दा एक महिलाको मृत्यु




१३ मंसीर, दमक।
धान झार्ने थ्रेसरले च्याप्दा झापाको कुमरखोदमा एक महिलाको ज्यान गएको छ ।
कुमरखोद ५ स्थित आफ्नै घरमा थ्रेसर लगाई धान झार्ने क्रममा थ्रेसरले च्यापेर ३५ बर्षिया शान्ता चौलागाईको मृत्यु भएको हो ।
हिजो साँझ सात बजेतिर धान झार्दै गर्दा अचानक थ्रेसरले उनको बायाँ हात र खुट्टा च्यापेको थियो । थ्रेसरले च्यापिएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सिटी अस्पताल बिर्तामोड लगिउकोमा उपचारकै क्रममा राति ९ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।

थ्रेसरका धनी स्थानीय दिनानाथ तिवारीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।






Comments