नरेन्द्र बस्नेत,
२७ कार्तिक, मोरङ।
मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा १० हजार बिभिन्न जातका माछाका भुराहरु छोडिएको छ ।
जिल्ला कृषि कार्यलय मोरङको सहयोगमा मत्स्य विभागका निर्देशक रामानन्द मिश्रले एक कार्यक्रमका बीच माछाका भुराहरु पोखरीमा छोडेका हुन्। रहु, नैनी, सिल्भर कार्प लगायतका जातका माछाका भुराहरु पोखरीमा छोडिएको हो ।
सिमसार क्षेत्रमा रहेको पोखरीमा यसअघि १७ प्रजातिका माछाहरु रहेका थिए । अब सो पोखरीमा रहेका माछाहरुका प्रजातिबारे अनुसन्धानसमेत थालिने निर्देशक मिश्रले बताएका छन्।
उता पोखरीमा छोडिएका माछाहरु केही समयपछि बिक्री गरी आयआर्जनसमेत गर्न सकिने सिमसार संरक्षण समितिका अध्यक्ष इरान राईले जानकारी दिएका छन् ।
Comments
Post a Comment