ल्यापटप चोरी काण्डमा पार्टीलाई मुछिएकोमा एमालेको विरोध





८ मंसीर, दमक।
ल्यापटप चोरी काण्डमा पार्टीलाई समेत मुछिएकोमा नेकपा एमाले नगर नगर कमिटीले दमकको बिरोध जनाएको छ ।
घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने पार्टीको धारणाबिपरित दमक १२ का मनाहाड राईलाई ६ दिनसम्म हिरासतमा राखेर यातना दिइएकोमा पार्टीले बिरोध जनाएको हो । नगर अध्यक्ष अम्बिका खनालले बिज्ञप्ती जारी गर्दै घटनाको गाम्भीर्यतालाई ध्यान नदिई प्रहरीले भिडियो बनाइ सार्वजनिक गर्नु दुखद् भएको बताएका छन् । पार्टीका केही नेताहरुका बिरुद्ध संगठित रुपमा आरोप लगाइएको घटनाको निन्दा गर्दै त्यस्ता प्रबृत्ति बिरुद्ध एकजुट हुनसमेत खनालले आव्हान गरेका छन् ।
अध्यक्ष खनालले अभियुक्त पक्राउ गर्न सफल प्रहरी टोलीलाई धन्यवाद समेत दिएका छन् ।
गएको असोज २९ गते दमक १३को अनलाइन कम्प्युटर सप्लार्यसबाट २५ वटा ल्यापटपसहित नगद चोरी भएको थियो ।





Comments