मन्दिरमा चोरी




डिकेश लामा,
२६ कार्तिक, बेलडाँगी।
झापाको दमक-५ स्थित वेलडाँगी वजारमा रहेको विश्वेश्वर पाञ्चायन मन्दिरमा मंगलबार राति चोरी भएको छ । मन्दिरको ढोकाको ताला फोरेर ९ थान कलश, २ थान झ्याम्टा र १५ सय रुपैयाँ भेटी नगद चोरी भएको मन्दिर संचालन समितिका सचिव रुद्र मिश्रले जानकारी दिए ।

दमक क्षेत्रमा पछिल्लो समय चोरीको घटना बढिरहेको अवस्थामा मन्दिरको ढोका फुटाएर चोरी भएपछि स्थानीय बासिन्दामा थप त्रास वढेको छ । सशस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीदेखि करिव १ सय मिटर दुरीमा रहेको मन्दिरबाट रातारात चोरी हुँदा अन्य क्षेत्रमा नागरिकले सुरक्षा पाउन नसक्ने अवस्था रहेको बजारबासीहरुले बताएका छन् ।
चोरी कार्यमा संलग्न भएका दोषीको पहिचान गरी कार्वाहीको माग गर्दै बुधबार मन्दिर संचालक समितिले प्रहरीमा उजुरीसमेत गरेको छ ।


Comments