भोलिदेखि शनिश्चरे शिविरमा विआरसी कप हुँदै





१४ मंसीर, पथरी।
मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमा भोलिबाट क्षेत्रीय स्तरको दोस्रो वीआरसी ऐतिहासिक च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता आयोजक युसीएफ तथा शनिश्चरे शिविर परिवारले आज शिविरमा पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो ।
खेल प्रचार प्रसार समिति संयोजक ओमप्रकाश अधिकारीले खेलकुदको माध्यमबाट शरणार्थी कुण्ठा हटाई युवाहरुलाई सिर्जनशील बनाएर पहिचान खोज्ने उद्देश्यले फुटबलको आयोजना गरिएको बताए। शरणार्थी र स्थानीयबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन समेत प्रतियोगिताले मद्दत पुर्‍याउनेसमेत आयोजकले अपेक्षा लिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न शिविर सचिव चम्पासिंह राईको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ ।



प्रतियोगितामा वीआरसी शनिश्चरे, ओल्डस्टार फुटबल क्लब सुनसरी, नव प्रगतिशिल फुटबल क्लब केरौन, फेयर युथ क्लब बेलडाँगी, सशस्त्र प्रहरी बल पाथीभरा गण झापा, पथरी स्पोर्टिङ क्लब पथरीशनिश्चरे, फ्यान्स क्लब बेलडाँगी र उर्लाबारी फुटबल क्लब उर्लाबारीको टिम सहभागि रहनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, उपविजेताले ३० हजार रूपैयाँसहित कप, मेडल प्राप्त गर्नेछन् ।
स्थानीयस्तरबाट सहयोग जुटाएर ३ लाख ६८ हजारको अनुमानित लागतमा प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन् खेल वीआरसी शनिश्चरे र ओल्डस्टार फुटबल क्लब सुनसरीबीच हुनेछ ।


Comments