रक्तदान एप्सका लागि अमेरीकी दुतावासले सहयोग गर्ने





१० मंसीर, दमक।
रगतको अभावका कारण कुनै पनि व्यक्तिको मृत्यु नहोस् भन्ने उद्देश्यले निर्माण गरिने एप्सका लागि अमेरिकी दुतावासले सहयोग गर्ने भएको छ ।
रक्तसञ्चार प्रकृयालाई सुचना तथा प्रविधीको सहयोगमा चुस्त र सरल बनाउन अत्याधुनिक एप्स निर्माणको प्रकृया थालिएको र यसमा अमेरीकी दूतावासले युथ काउन्सिलमार्फत सहयोग गरेको हो । मंगलबार दमकमा आयोजित अन्तरक्रियामा अमेरिकी दूतावासअन्तर्गतको युथ काउन्सिलका काउन्सिलर नताशा न्यौपानेले अमेरीकी सहयोगमा बन्ने एप्समार्फत सर्वसाधारणले रक्तसञ्चार सम्बन्धी सम्पूर्ण जानकारी पाउने बताइन् । युथ फर व्लड नामक स्वयंसेवी संस्थाले सञ्चालन गर्ने गरी रक्तसञ्चार प्रविधिको विकास गरिने उनले जनाइन् ।



युथ फर व्लडका संस्थापक सरोज कार्कीले रेडक्रससँग समन्वय गरेर रक्तसञ्चारसम्बन्धी जानकारी प्रवाह गरिने बताए । मोवाइलमा सञ्चालन हुने एप्सका साथै एसएमएस सेवा, होर्डिङ बोर्ड लगायतमार्फत पनि रक्तसञ्चारबारे जानकारी प्रवाह गरिने कार्कीले बताए । यसले रक्तदान गर्ने, रगत लिने तथा चिकित्सकहरुलाई रक्तदान सम्बन्धी सम्पूर्ण सुचना प्रवाह हुने बताए ।
युथ फर व्लडका जिल्ला अध्यक्ष सन्तोष अधिकारी, स्वयम्सेवक सिजन दाहाल लगायतले हालसमेत रेडक्रसको समन्वयमा रक्तदान सम्बन्धी बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएका थिए ।
कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, लाइफलाइन अस्पताल दमकका अध्यक्ष वालचन्द्र सुव्वा, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति लिला गुरागाईं, जनता नेशनल हस्पिटल दमकका अध्यक्ष जितेन राई, सामाजीक अगुवा सुरेश सुव्वा, टिपिओ नेपालका प्रतिनिधि गोविन्दराज कट्टेल लगायतले रक्तसञ्चारसम्बन्धी सुचना प्रवाह सरल बनाइए रगतको अभावका कारण हुने मृत्युदरमा कमि ल्याउन सहयोग पुग्ने बताए ।


Comments