२७ असोज, दमक।
सुनसरी र ताप्लेजुङमा नहर र खोलामा डुवेको अवस्थामा आज एक पुरूष र एक महिलाको शव फेला परेका छन् ।
सुनसरीको महेन्द्रगर ४ स्थित नहरमा स्थानीय ७५ बर्षिय दिल बहादुर दाहालको शव फेला परेको हो । बिहान साढे ७ बजेतिर उनको शव नहरको पानीमा डुबेको अवस्थामा भेटिएको थियो ।
त्यस्तै ताप्लेजुङ्ग नाङ्खोल्याङ ५ स्थित तमोर नदीमा एक महिला मृत फेला परेकी छिन्।
फूलबारी ५ का कृष्ण प्रसाद दाहालकी ३५ बर्षिय पत्नी कमला दाहालको शव नदी किनारमा भेटिएको हो । हिजो साँझ घरबाट हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा आज दिउँसो उनको शव फेला परेको थियो ।
दुवै घटनाका सम्वन्धमा स्थानीय प्रहरीले कानुनी प्रकृया पूरा गरी अनुसन्धान गरिरहेको बताइएको छ ।
Comments
Post a Comment