दिपावलीमा २८ एकल जेष्ठ नागरिक सम्मानित

५ कार्तिक, चिसापानी (इलाम) ।
दक्षिणी इलामको चिसापानी-९ बोरुङ्ग गाउँका २८ जना एकल बृद्धबृद्धालाई आज बुधबार सामूहिक रुपमा सम्मान गरिएको छ । संघीय लिम्बूवान पार्टी नेपाल, चिसापानी-९ वडा कमिटीले दीपावलीको अवसर पारी एकल बृद्धबृद्धालाई उपहारसहित सम्मान प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य टुपेन्द्रकुमार एक्तेनले दीपावलीको अवसरमा कपडा उपहार र मिष्ठान्न उपहारसहित बृद्धबृद्धालाई सम्मान गरेका थिए । प्रमुख अतिथि एक्तेनले आफ्ना स्वर्गीय मातापिता पवित्रा र रनबहादुर एक्तेनको स्मृतिमा आफ्नो जन्मस्थानका बृद्ध मातापितालाई आफ्नै खर्चमा उक्त सम्मान प्रदान गरेको बताए ।



पार्टी वडा कमिटी अध्यक्ष तीर्थ साउदेनको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष शेरबहादुर लोक्ताम, जिल्ला सदस्य रामसिंह योङहाङ, गुनमुने प्राविका प्रधानाध्यापक मनबहादुर मगर, नेकपा माओवादीका पवन खम्बु, जुनतारा सामुदायिक वनका सचिव नन्दकुमार राई, सिर्जना युवा क्लवका अध्यक्ष नारायण बुढाथोकी, पार्टी चिसापानी गाउँ कमिटी नेता मुकेश अधिकारीलगायतले उक्त अवसरमा मन्तव्य राखेका थिए ।
उज्ज्वल थेवेले स्वागत र विनोद साउदेनले सञ्चालन गरेको कार्यक्रममा दीपावलीको शुभकामना आदानप्रदान समेत गरिएको थियो । उक्त अवसरमा स्थानीय कलाकारले सांगीतिक प्रस्तुतिसमेत गरेका थिए ।
उक्त कार्यक्रममा सम्मानित हुने एकल बृद्धबृद्धामा शुकमति नेम्बाङ, भद्रीमाया मगर, बुद्धरानी नेम्बाङ, गंगीमाया नेम्बाङ, देवकुमारी बुढाथोकी, मनमाया रानामगर, नरमाया बुढाथोकी, धनमाया सारु, पविमाया श्रेष्ठ, पविमाया राई, इन्द्रमाया राई, जशमाया साउदेन, दुर्गामाया परियार, रत्नकुमारी राई, जशमाया राई, रणमाया राई, आइतमाया बाला राई, आइतरानी मेन्याङ्बो, देवीमाया मगर, नैनसिंह तामाङ, नेत्रबहादुर लायो मगर, बुद्धसिंह मगर, भवानीशंकर बुढाथोकी, नरबहादुर दिम्माली राई, जनबहादुर थुलुङ राई, इन्द्रप्रसाद लुइँटेल, खिलमान थाम्सुहाङ र हर्कबहादुर योङहाङ रहेका छन् ।





Comments