रक्सीले मातेका काकाले भतिजा छप्काए





५ कार्तिक, धनकुटा।
धनुकुटाको मूर्तिढुंगामा रक्सीले मातिएका एक व्यक्तिको खुकुरी प्रहारबाट उनका भतिजा गम्भीर घाइते भएका छन् ।
बुधबार साँझ मूर्तिढुंगा १ का ३० वर्षिय बिरबहादुर तामाङले गरेको खुकुरी प्रहारबाट उनका १८ बर्षे भतिजा सूर्यमान तामङ् गम्भीर घाइते भएका हुन ।
साँझ करिब ६ बजेतिर मदिरा सेवन गरेका काका र भतिजाबीच भनाभन भएपछि काकाले भतिजालाई खुकुरी निकाली हानेका थिए ।
घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने विरबहादुर फरार रहेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिंधुवाले जनाएको छ ।






Comments