घरको गारोले थिचेर एकको मृत्यु




३ कार्तिक, मोरङ।
मोरङ बिराटनगरमा घरको गारोले किचेर आज एक जनाको ज्यान गएको छ ।
विराटनगर-१७ स्थित निर्माणाधीन एउटा घरको गारो ट्याक्टरले भत्काएपछि त्यसले थिएर ६० बर्षीय दिलबहादुर देवको ज्यान गएको हो ।
दिउँसो साढे १२ बजेतिर को १ त ४३५० नम्बरको ट्याक्टरले इँट्टा खसाएर फर्कनेक्रममा घरको गारो भत्काएपछि सोही गारोले थिचेर गम्भीर घाइते भएका देवको न्युरो अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।


Comments