रक्षक नै बन्यो भक्षक, प्रहरीबाटै किशोरी बलत्कृत





तेज बन विश्वासी
१ कार्तिक, सुनसरी ।
जनताको जिउधनको सुरक्षाको लागि खटिएका प्रहरी स्वयम् राक्षसको रुपमा देखा परेपछि कसको के लाग्छ र !
सुनसरीमा यस्तै एक कहाली लाग्दो घटना सार्वजनीक हुन पुगेको छ ।
सुनसरीको मध्याहर्षहीअन्तर्गत हरिनगराकी एक १८ वर्षीया मेहता थरकी किशोरी सशस्त्र प्रहरी बलका जवानबाटै बलत्कृत बनेकी छिन्। सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बलमा तालिम लिँदै गरेका जवान जरवान मेहताले उनलाई बलात्कार गरेका हुन् ।
दशैंको टिकाको भोलिपल्ट भएको सो घटना राजनीतिक र परिवारीक दवावका कारण झण्डै २ सातापछि शुक्रवार सार्वजनिक भएको छ ।




बलात्कारपछि घटना बाहिर ल्याए परिवारसहित आफुलाई पनि मार्ने धम्की दिएको कारण सार्वजनीक गर्न नसकेको किशोरी मेहताले बताएकी छिन्।
महिलाको सवालमा काम गर्ने निकाय महिला विकाश कार्यालय सुनसरीका महिलाहरुको साथ पाएपछि आफुले बलात्कारी प्रहरीबिरुद्ध शुक्रवार इलाका प्रहरी कार्यालय हरिनगरा सुनसरीमा उजुरी दर्ता गरेको पिडित किशोरीले बताएकी छिन् ।
घटना बाहिर नल्याउन त्यहाँका स्थानीय राजनीतिक दलका नेता श्यामलाल मेहताले पटकपटक आर्थिक अवस्था कमजोर भएका पिडित परिवारहरुलाई पैसाको प्रलोभन देखाएको पिडित पक्षबाट बुझिएको छ ।
बलात्कार गर्ने युवकको परिवारले समेत घटना बाहिर ल्याए परिवार लगायत आफुलाई पनि सिध्याइदिने धम्की दिएको पिडितले बताएकी छिन् ।
प्रहरीसमक्ष उजुरी दिएता पनि अभियुक्तलाई समात्न नसकेको पिडित पक्षले बताएका छन् ।
यता इलाका प्रहरी कार्यालय हरिनगरामा सम्पर्क गर्दा प्रहरी इञ्चार्ज तथा प्रहरी नायव निरीक्षक दावा तामाङले उजुरी दिएपनि पिडितको दाइले गाउँको कुरा गाउमै मिलाउने भनेपछि अभियुक्तलाई पक्राउ नगरिएको बताए ।
पिडित किशोरीका बुबा रोजगारीको शिलशिलामा भारतमा रहँदै आएको र आमा पनि केहि दिनदेखि बेपत्ता बनेको पिडितले बताएकी छिन् ।



Comments