राष्ट्र संघ दिवस मनाउन पल्लो किरातको आग्रह




५ कार्तिक, दमक।
पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले आसन्न संयुक्त राष्ट्र संघ दिवस भव्यताका साथ मनाउन सवैसँग आग्रह गरेको छ । यहि कार्तिक ७ गते पर्ने सो दिवस आदिवासी, जनजातिहरुका लागि प्रेरक दिवस भएको भन्दै मञ्चले त्यसलाई भव्यताका साथ मनाउन आव्हान गरेको हो । अर्धभूमिगत सो संगठनले बुधबार एक विज्ञप्ती निकालेर सो दिन नेपालका आदिवासी, जनजातिहरुले आफ्नो हक, अधिकार स्थापित गर्न उपयोगी बनाउन समेत आग्रह गरेको छ ।
त्यस दिन सवैले घरघरमा खुसीयालीका साथ दिपावली गर्न मञ्चले आग्रह गरेको उल्लेख छ । मञ्चका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद योङ्याद्वारा हस्ताक्षरित विज्ञप्तीमा अधिकारमुखी सो दिवसलाई निःशर्त नेपाल सरकारले कार्यान्वयन गर्न जोड दिएको छ । नेपाल सरकार राष्ट्र संघको एक सदस्य राष्ट्र भएका भन्दै राष्ट्र संघले उल्लेख गरेको अधिकारमुखी मागलाई कार्यान्वयनमा चासो नदिनु उनीहरुमाथि अन्याय भएको जनाएको छ ।
उसले सोही दिन बलिहाङ तङनाम पर्न गएका र सो ऐतिहासिक घडीमा सो चाडले सवैलाई सुख,शान्ति तथा समृद्धि प्रदान गरोस भनी शुभकामना समेत व्यक्त गरेको छ ।





Comments