तीन दिने कार्यशाला सम्पन्न




२ कार्तिक, दमक।
झापाको दमकमा युथ फर ब्लड झापा र दमक क्याम्पस साहित्यिक मञ्चको संयुक्त आयोजनामा स्वयम्सेवा तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ ।
असोज ३० देखि कार्तिक १ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालामा १०० भन्दा बढी युवाहरु सहभागी भएका थिए । स्वयम्सेवा, सामाजिक कार्य, नेतृत्व विकास, संघर्ष र सफलता लगायतका विषयमा तीन दिनसम्म सञ्चालन भएको कार्यशाला दुई दिन दमक बहुमुखी क्याम्पसमा र एक दिन झापाको सतासीधाममा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागी भएका युवाहरुले अन्तिम दिन सामाजिक स्वयम्सेवाअन्तर्गत सतासीधाम क्षेत्रको सरसफाईसमेत गरेका थिए । उक्त कार्यशालामा सरोज कार्की र नवीन प्राचीनले सहजीकरण गरेका थिए भने अतिथि वक्ताका रुपमा भेषराज न्यौपाने र गायक डम्बर नेपालीले आ-आफ्ना अनुभव साटेको कार्यक्रम संयोजक गौरव राईले जानकारी दिए ।







Comments