खेलमैदान निर्माणमा पथरी युएइ समाजको सहयोग



१ कार्तिक, पथरी।
मोरङको पथरी-३ स्थित लामाटोलमा रहेको लामाटोल युवा समाजले निर्माण गर्दै गरेको ब्याडमिण्टन खेलमैदान निर्माणको लागि पथरी युएइ समाजले नगद १५ हजार रूपैयाँ सहयोग गरेको छ । आज खेलमैदान निर्माणको लागि युएइ समाजका अध्यक्ष कृष्ण पौडल सदस्य जितन रायाले लामाटोल युवा समाजका कुमार घलेलाई नगद हस्तान्तरण गरेका हुन् ।
समाजका अध्यक्ष पौडेलले रकम हस्तान्तरण गर्दै युएइमा रहेका नगर क्षेत्रभित्रका साथीहरुबाट संकलन भएको रकमले स्थानीय स्तरमा सामाजिक काम गर्न पाएकोमा खुसी ब्यक्त गर्दै भने, 'यस्ता प्रकारको सामाजिक काममा समाज सधै अग्रसर हुनेछ।'
लामाटोल युवा समाजका कुमार घलेले अध्यक्ष पौडेललाई मायाको चिनो प्रदान गरेका थिए ।




Comments