दश महिनापछि विद्युत् मिटर बाँडिदै





३१ असोज, दमक।
घरायसी प्रयोजनका लागि विद्युत् जडान गर्न माग गर्दै निवेदन दिएका झापाको पश्चिमी र मोरङको पूर्वी क्षेत्रका ग्राहकहरुका घरमा दश महिनापछि विद्युत् मिटर जडान गर्ने काम सुरु भएको छ । मिटर अभावमा जडान नयाँ ग्राहकलाई नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले गएको पुसदेखि नयाँ मिटर दिएको थिएन ।
दशैं विदापछि पहिले नै निवेदन दिएका नयाँ ग्राहकलाई मिटर प्रदान गर्न थालिएको केन्द्रका इन्जिनियर गणेश शाहले जानकारी दिए । उनका अनुसार दमक वितरण केन्द्रमा मात्रै करिब ७ हजारभन्दा धेरै विद्युत् मिटरको माग गर्दै उपभोक्ताहरुले निवेदन दिएका छन् । ती उपभोक्ताहरुले दिएको निवेदनका आधारमा क्रमशः मिटर प्रदान गरिँदै लगिने प्राधिकरणको दमक वितरण केन्द्रका जनसमपर्क प्रमुख केन्द्र प्रसाईं जानकारी दिए ।



Comments