कन्सर्टमा झुमे युवायुवती



उर्लाबारी।
मोरङको उर्लाबारीमा शुभदिपावली म्युजिक कन्सर्ट सम्पन्न भएको छ ।
दर्शन उमाविमा भएको कार्यक्रमा द एक्स ब्याण्ड लगायतले प्रस्तुति दिएका थिए । कार्यक्रममा स्थानीय पेपर बोट ब्याण्ड, युडिपी ब्याण्ड, एक्सीस ब्याण्ड र निसान भट्टराईको प्रस्तुति पनि आकर्षक रह्यो । सामाजिक काम गर्ने उद्देश्यले स्थापना गरिएको यस क्लवले सांगीतिक कार्यक्रमको अभाव नखड्कियोस भनेर भिन्न स्वाद चखाएको कार्यक्रम संयोजक विवश बुढाथोकीले जानकारी दिए । कार्यक्रममा गायक डम्बर नेपाली आएपनि प्रस्तुती नदेखाउँदा दर्शक निरास बनेका थिए । कार्यक्रममा पूर्वी मोरङका युवायुवतीहरुको बाक्लो उपस्थिति रहेका थियो ।
आर्थिक अभावले जीवन र मरणको दोसाँधमा रहेकी ११ बर्षीया एलिशा धिमालको लागि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले क्लवले दर्शकहरुसँग आर्थिक संकलन गरेको थियो । द एक्सले पनि पिडीत वालिकालाई सहयोग गर्न आग्रह गरेपछि सहयोग जुटेको थियो । कार्यक्रमबाट ४ हजार ३ सय रुपैयाँ संकलन भएको थियो ।


Comments