दोमुखामा समिरको 'बाँच्नुको के अर्थ....'





१ कार्तिक, पथरी।
६ वर्ष अघिदेखि संगीतमा होमिएका एवं नव गायकतर्फ २०६८ को इमेज म्यूजिक एवार्ड पाउन सफल गायक समिर बिकको 'बाँच्नुको के अर्थ ...' बोलको गीतको म्यूजिक भिडियो छायांकन भएको छ ।
पूर्वको पर्यटकीय स्थल दोमुखामा छायांकन गरिएको भिडियोमा जुलन पोद्दार र कुसुम ओझाको बोल्ड अभिनय रहेको छ भने दीपक बराइलीले अतिथि भूमिका निर्वाह गरेका छन् । भिडियोलाई पूर्वी मोरङमा रहेर कला र चलचित्र पत्रिकारिता गरिरहेका पत्रकार सन्तोष राईले निर्देशन गरेका हुन् भने विवेक हिङमाङले छायांकन गरेका हुन् । गायक विकको 'प्रिये तिम्ले माया मार्‍यौ नि....' म्यूजिक भिडियो अत्यन्त रुचाइएको र इमेज एवार्ड प्राप्त गर्न सफल गीत हो । 'मायालुले मलाई...' पछि यो तेस्रो म्यूजिक भिडियो हो ।
दोमुखामा छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा संगीत प्रमोद निर्वाण, एरेन्ज चेतन कार्की, शब्द/स्वर गायक विककै रहेको छ । निर्देशक राईले भने, 'सबै गीतमा माया प्रेमकै कुरा हुन्छ । यसमा पनि मायाको भावलाई अलि फरक तरिकाले प्रस्तुत गरिएको छ ।'


Comments