६ बर्षीया बालिका बलात्कार गर्ने खनाल पक्राउ




८ कार्तिक, दमक।
भाईसँग देउसी खेल्न गएकी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले झापाको चन्द्रगढीका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
६ बर्षीया बालिका बलात्कारको पक्राउ पर्ने चन्द्रगढी २ का ४३ बर्षीय चिरञ्जीवी खनाल हुन् ।
भाईसंग देउसी भैलो खेल्न गएकी ती बालिकालाई सोही ठाउँका खनालले शुक्रबार दिउँसो अढाई बजेतिर स्थानीय बस्ने ६ वर्षिया एक बालिकालाई सोही स्थान बस्ने ४३ वर्षिय चिरन्जिवी खनालले शुक्रबार दिउँसो स्थानीय चियावगानमा लगि बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन् ।
घटनासम्वन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Comments