सुन चोरका सहयोगी पक्राउ


-->
२ कार्तिक, दमक।
काठमाण्डौको भद्रकालीबाट चोरी भएको सुन बेच्न सहयोग गर्ने दमकका २ महिला सहित ५जनालाई पक्राउ गरी प्रहरीले आइतबार काठमाण्डौ पठाएको छ ।
नुवाकोट गेर्खु गाविस घर भई काठमाण्डौ डेरा गरी बस्ने बुद्धबीर लामाले चोरी गरेको सुन बेच्न सहयोग गर्ने दमक -१४ की ३८ बर्षीया अमिता मगर र २९ बर्षीया कमला मगर सहित ३ ब्यापारीलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी काठमाण्डौं पठाएको हो ।

भद्रकाली गाविस -८ की हरिमाया श्रेष्ठको घरबाट चोरी गर्ने तामाङले सुनका गहनाहरु दमक ल्याएर ती महिलाहरुको सहयोगमा बेचेको अनुसन्धानबाट खुलेपछि महानगरीय प्रहरी बृत्त महाराजगञ्ज काठमाण्डौंले पक्राउ गरी पठाइदिन पत्रचार गरेको थियो । पक्राउ गर्ने ब्यापारीहरुमा भक्त बहादुर बिश्वकर्मा, सुनिल बिक र शान्तिराम लिम्वू रहेका छन् ।
उनीहरुको साथबाट रातो रंङ्गको पत्थर भएको सुनको औठी एक थान, ३.६४० ग्रामको सुनको डल्ला एक थान, सुनको पञ्चरत्न वालामा लगाएको सुनको चुरा ३.०५ ग्रामको एक थान र १०.७८ ग्रामको सुनको सिक्री एक थान प्रहरीले बरामद गरेको छ ।

-->

Comments