एक मनभन्दा बढि गाँजासहित दुई पक्राउ



३० असोज, सुनसरी।
ठूलो परिमाणको गाँजासहित सुनसरीको भरौलबाट प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सोही ठाउँका २७ वर्षिय दिलबहादुर राई र भोजपुर जिल्ला घर बताउने ३० वर्षिया कान्छीमाया राई हुन् ।
उनीहरूलाई ४३ किलोग्राम गाँजासहित आज बिहान साढे ८ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद गाँजा र दुबै अभियुक्तलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comments