अत्याधिक मापसेले लियो ज्यान



५ कार्तिक, मोरङ।
अत्याधिक मदिरा सेवन गर्दा मोरङको पथरीमा आज एक जनाको ज्यान गएको छ । यसरी ज्यान जाने ३५ वर्षिय शिवशरण साह हुन् ।
मोरङको हात्तीमुडा ७ घर भई पथरी-शनिश्चरे १ स्थित दिल बहादुर गुरूङको घरमा डेरा गरी बस्ने साह सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
अत्याधिक मदिरा सेवन गरी कोठामा सुत्न गएका उनी आज दिउँसो करिब १ बजे मृत भेटिएका थिए ।
घटनासम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय पथरीले जनाएको छ ।


Comments