चर्च ब्वाइजलाई हराउँदै फेन्स क्लव सेमीफाइनलमा




२७ असोज, दमक।
चर्च ब्वाइज क्लब काठमाण्डौलाई हराउँदै फेन्स क्लब भूटान झापाको दमकमा जारी दोश्रो अन्तराष्ट्रिय आमन्त्रण दमक गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
आज सरस्वती उच्च माविको खेल मैदानमा भएको प्रतियोगिता अन्तर्गतको पहिलो चरणको खेलमा चर्च ब्वाइजलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै भुटानले अन्तिम चारको यात्रा तय गरेको हो ।



निकै प्रतिर्स्धात्मक भएको खेलमा पहिलो हाफको २८ औं मिनेटमा भुटानका कप्तान दिनेश कार्किले खेलको मध्यभागबाट गरेको प्रहार सिधै गोलमा परिणत भएपछि भुटानले पहिलो हाफमा एक शुन्यले अग्रता लिएको थियो । पहिलो हाफमा एक शुन्यले पछिपरेको चर्च चर्च ब्वाइजले दोश्रो हाफको सुरुवातबाटै आक्रमक खेल प्रस्तुत गरेपनि दोश्रो हाफको १० औं मिनेटमा जस बहादुर राईले एकल प्रयासमा गोल गरेपछि फेन्स क्लबले दुई शुन्यको अग्रता कायम गर्न सफल भयो ।
दुई शुन्यले पछि परेको चर्च ब्वाइजले दोश्रो हाफको १८ औं मिनेटमा पेनाल्टीको मौका पायो । भुटानका खेलाडीले डि वक्समा हेण्ड गरेपछि पाएको पेनाल्टीलाई चर्च ब्वाइजका पुष्प लामाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशीस गरेपनि त्यसपछि गोल हुन सकेन र खेल फेन्स क्लब भुटानले जित्यो । खेलको म्यान अफ द म्याच फेन्स क्लबका कप्तान दिनेश कार्की घोषित भए ।
प्रतियोगिताअन्तर्गत मंगलबारको खेल अफ्रिकन यूनाइटेड र पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीबीच हुने आयोजक समितिका सदस्य सन्दिप चापागाईले जानकारी दिए ।
फोटो - दमक गोल्ड कपमा प्रतिस्पर्धा गर्दै फेन्स क्लब भुटान र चर्च ब्वाइजका खेलाडीहरु ।



Comments