सुँगुर खोर छेउमा महिलाको शव, श्रीमान् फरार




५ कार्तिक, पाँचथर ।
पाँचथरको पंचमी गाविसमा आज एक महिला आफ्नै घरनजिकै मृत अवस्थामा फेला परेकी छिन्।
पंचमी १ कि ५९ वर्षिया चन्द्रमाया लिङदेन आफ्नै घर नजिकै रहेको सुँगरको खोर छेउमा मृत भेट्टिएकी हुन् ।
मृतकका श्रीमान् फरार रहेकाले उनको मृत्यु शंकास्पद देखिएको छ ।

बिहान १० बजे छिमेकीले सुँगुर खोर छेउमा उनलाई मृत भेटेका थिए । घटनापछि मृतकका पति मदन बहादुर राई फरार रहेकाले उनको मृत्यु रहस्मय देखिएको हो ।
घटनासम्वन्धमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


Comments