देउसी नाटक ल्याउँदै कञ्चनजंघा





३० असोज, पथरी।
पूर्वमा सडक नाटकको क्षेत्रमा ख्याति कमाएको मोरङको पथरी शनिश्चरेस्थित कंचनजंघा नाट्य समूहले तिहारको अवसरमा नाटकमार्फत देउसी खेल्ने नयाँ कार्यक्रम ल्याएको छ ।
पछिल्लो समयमा समूह निस्कृय रहेको अवस्थामा त्यसका पुराना कलाकारहरुले यसलाई सक्रिय बनाउने योजनासहित देउसी नाटक 'संविधान' प्रदर्शनको तयारी भइरहेको यसका लेखक तथा निर्देशक भूपेन्द्र तिम्सिनाले बताए।





नाटकले नेपालमा संविधान बन्न मुस्किल परेको परिवेशलाई पर्गेल्दै माघ ८ भित्र सार्थक संविधान बन्नु पर्ने कुराको सन्देश दिने तिम्सिनाले उल्लेख गरे।
सो नाटक कार्तिक ५ गते पथरी, ६ गते पथरी र उर्लाबारी तथा ७ गते पथरीशनिश्चरेको शनिश्चरे र जिरिखिम्तीमा प्रदर्शन गरिने छ ।
नाटकमा भूपेन्द्र तिम्सिना, गंगाबहादुर कटुवाल, ज्योति अधिकारी, अभय पोखरेल, कमलराज भूजेल, मात्रिका पौडेल, कमला घिमिरे, हरेन्द्र खत्री, दिपेन्द्र दहाल, सृजना श्रेष्ठ, सुजन कटुवाल, पंकज सापकोटा सहितको अभिनय रहने छ ।
लोकबहादुर चौहान, मदन पोखरेल, जीवन कटुवाल, दिपेन्द्र दहालले व्यवस्थापन गर्ने सो कार्यक्रमअन्तर्गत गीत, नृत्य र साहित्यिक प्रस्तुती समेत रहने बताइएको छ ।
देउसीबाट उठेको रकमले कलाको क्षेत्रमा काम गर्ने समूहको योजना रहेको समूहले जनाएको छ ।
०५६ सालमा स्थापित संस्थाले मेचीदेखि महकालीसम्मका करिव ३ सय स्थानमा नाटक प्रदर्शन गरिसकेको छ ।



Comments