२८ असोज, दमक।
युवाहरुलाई स्वयम्सेवा तथा सामाजिक नेतृत्वको जिम्मेवारी, अवसर र चुनौतीका विषयमा केन्द्रित रहेर झापाको दमकमा युथ फर ब्लड-झापा र दमक क्याम्पस साहित्यिक मञ्चको संयुक्त आयोजनामा तीन दिने स्वयम्सेवक नेतृत्व विकास कार्यशाला सञ्चालन हुने भएको छ ।
असोज ३० देखि कार्तिक १ गतेसम्म दमक बहुमुखी क्याम्पसको सभाकक्षमा सञ्चालन हुने कार्यशालामा करिब ५० जना युवाहरु सहभागी हुने कार्यक्रम संयोजक सुस्मिता राजवंशीले बताइन् ।
कार्यशालाबाट युवाहरुमा स्यवम्सेवा, सामाजिक जिम्मेवारी र नेतृत्व क्षमता विकास हुने अपेक्षा आयोजकको रहेको छ । कार्यशालामा युवा उत्प्रेरणा, संघर्ष र सफलता, सामाजिक जिम्मेवारी, नेतृत्व क्षमता विकास र वक्तृत्वकला बारेमा विभिन्न विधाका सहजकर्ताहरुले सहजीकरण गर्नेछन् ।
रगत अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस् भनेर रगतका क्षेत्रमा स्वयम्सेवी ढंगले काम गरिरहेको युवाहरुको संस्था युथ फर ब्लड र दमक बहुमुखी क्याम्पसमा रहेर साहित्य र कलामार्फ युवाहरुसँग काम गरिरहेको संस्थाको रुपमा दमक क्याम्पस साहित्यिक मञ्च परिचित छन् ।

Comments
Post a Comment