चटपटे खाएको पैसा माग्दा आमाछोरा पिटिए




११ कार्तिक, मोरङ।
चटपटे खाएको पैसा माग्दा मोरङको बाहुनीमा एक व्यवसायी महिला र उनका छोरामाथि कुटपिट भएको छ।
बाहुनी ४ मा चटपटे बनाई बेच्दै आएकी ५० बर्षिया सितादेवी पण्डित र उनका ३५ बर्षिय छोरा मोचीलाल पण्डितलाई स्थानीय २२ बर्षीय निशान राईले कुटपिट गरेका हुन् ।
हिजो साँझ साढे ६ बजेतिर चटपटे खाइसकेपछि पैसा माग्ने क्रममा पण्डित आमाछोरालाई कुटपिट गरी राई फरार भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएकी सितादेबीको स्थानिय मेडिकलमा उपचार भएको र छोरा मोचीलालको भने सामान्य अवस्था रहेको छ ।
व्यवसायी आमाछोरालाई कुटपिट गर्ने राईको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीको भनाई छ ।




Comments