दमकमा शंखधर साख्वाको शालिक निर्माण


-->


shankhadhar sakhwa
३ कातिक, दमक।
झापाको दमकमा राष्ट्रिय बिभुति शंखधर साख्वाको शालिक निर्माण भएको छ । दमकका नेवार समुदायहरुको सक्रियतामा दमक-११ मा साख्वाको अर्धकदको शालिक निर्माण भएको हो ।
शालिक यहि कार्तिक ७ गते नेपाल सम्वत ११ सय ३५ का अबसरमा अनावरण गर्ने कार्यक्रम रहेको छ ।
आज शालिक निर्माण समितिले दमकमा पत्रकार सम्मेलन गरी ऐतिहासिक ब्यक्तित्व शाख्वाको मेची अञ्चलमा पहिलो शालिक निर्माण गरिएको जनाएको हो । समितिका संयोजक नरेशकुमार श्रेष्ठले ४ लाख ७७ हजार रुपैयाँको लागतमा शालिक निर्माण सम्पन्न भएको जानकारी दिए ।

४ बर्षअघि दमक नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत पशुपति खतिवडाले शिलान्यास गरेको शालिकको नगरपालिकाका अहिलेका अधिकृत युवराज दाहालले अनावरण गर्ने कार्यक्रम रहेको छ । शालिक निर्माणका लागी दमक नगरपालिकाले ५० हजार, इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा परिवारबाट एक लाख रुपैयाँ सहयोग रहेको निर्माण समितिका सचिव राम प्रधानले जानकारी दिए।

-->

Comments