ओमनका नेपालीहरूद्वारा बालगृहलाई सहयोग




३ कार्तिक, उर्लाबारी।
वैदशिक रोजगारीका शिलशिलामा ओमानमा रहेका नेपालीहरुले मोरङको उर्लाबारी-४ स्थित नमूना बालगृहलाई नगद सहयोग गरेका छन् ।
आज बालगृहमा एक कार्यक्रमको आयोजना गरी ओमानमा रहेका नेपालीहरुको संस्था नेपाली समाज ओमानले अनाथ आश्रम नमूना बालगृहलाई नगद ५० हजार ५ रुपैयाँ सहयोग गरेको हो । संस्थाका उपाध्यक्ष छत्रप्रसाद मिश्रले बालगृह सञ्चालन गर्दै आएको महिला विकास तथा बालबालिका चेनता केन्द्र उर्लाबारीकी उपाध्यक्ष भागिरथा अधिकारीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा उर्लाबारीका समाजसेवी जयधर्म आचार्य, विजयी कार्की, बीरबल थापा, नेत्रप्रसाद गड्तौला लगायतले नमूना बालगृहलाई बैदेशिक रोजगारीका क्रममा विदेशमा बसेर पनि नेपाली संघ-संस्थाहरुलाई सहयोग गरेकोमा नेपाली समाज ओमानको प्रशंसा गरेका थिए । बालगृहमा हाल ४० जना अनाथ बालबालिकाहरु आश्रित छन् ।



Comments