२७ असोज, दमक।
हाइवे-सेतुमारी सडक अन्तर्गत दमक नगरपालिका-१९ मा बृक्षारोपण गरिएको छ । हाइवे-सेतुमारी सडकअन्तर्गत करिब ४ किलोमिटर खण्डको दुवै किनारामा ६ सय निम जातका विरुवा रोपिएको हो ।
रमा सामुदायिक सेवा तथा प्रकोप व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासुदेब कोइराला र दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले निमका विरुवा सडक किनारामा रोपेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
उनीहरुले पछिल्लो समयमा बन विनाश भएसँगै पर्यावरणमा पर्दै गएको असरलाई न्युनिकरण गर्न यस्ता अभियान महत्वपूर्ण हुने बताएका थिए । पहिलो पटक सडकका दुवै किनारामा बृक्षारोपण गर्ने कामको थालनी भएकाले निकट भविष्यमा नै वडाका सवै सडक किनाराहरुमा यो अभियानलाई सञ्चालन गरिने रमा सामुदायिक सेवा तथा प्रकोप व्यावस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद न्यौपानेले बताए।
कार्यक्रममा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष देवी प्रसाद दाहाल, नगर सभापति ढुण्डिराज भण्डारी, नेकपा एमालेका दमक नगर अध्यक्ष अम्बिका प्रसाद खनाल, वडा नम्बर १९ का पूर्व वडाअध्यक्ष बोधराज न्यौपानेलगायत स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
Comments
Post a Comment