भोलिबाट साप्ताहिक रुपमा दमक बजार बन्द रहने


-->


१३ कार्तिक, दमक।
भोलि शुक्रबारबाट दमक बजार साताको एक दिन बन्द हुने भएको छ । दमक उद्योग वाणिज्य संघले सार्वजनिक सूचना निकालेर साप्ताहिक रुपमा बन्द हुँदै आएको दमकको बजार भोलिबाट बन्द हुने जनाएको हो ।
संघले ब्यवसायिक नियमलाई कार्यान्वयन गर्न सवै ब्यवसायीहरुसँग अनुरोधसमेत गरेको छ । साप्ताहिक रुपमा बन्द गर्ने नियमलाई अटेर गरेको पाइए नियमानुसार कारवाही गरिने संघले जनाएको छ ।

दशैं, तिहार र छठ जस्ता नेपालीहरुको मुख्य चाडका समयमा उपभोक्ताहरुलाई उपयोग्य सामाग्री खरिद गर्न सहज होस् भन्दै सो अवधिमा बजार खुल्ला रहेको थियो ।

-->

Comments