लखनपुरमा गठबन्धन मोर्चा




१३ कार्तिक, लखनपुर।
आन्दोलनरत २२ दलीय गठबन्धनलाई प्रभावकारी बनाउन लखनपुरमा मोर्चा गठन गरिएको छ । विहीवार सम्पन्न ती दलरुको संयुक्त भेलाले एमाओवादीका याम पाठकको संयोजकत्वमा गठबन्धन मोर्चा गठन गरेको हो।

गठित मोर्चाको सदस्यहरुमा संघीय लिम्बुवान पार्टीका धनकुमार राई, नेकपा-माओवादीका प्रकाश नेम्बाङ, संघीय समाजवादीका सुरेन्द्र राई, आदिवासी जनजाति महासंघका जगत बहादुर सम्बाहाम्फे, फोरम लोकतान्त्रिकका मोहन ताजपुरियालगायत रहेका छन् ।



Comments