कोष वृद्धिका लागि एमालेको देउसी




६ कार्तिक, दमक।
नेकपा एमाले दमक नगर कमिटी मातहतका वडा कमिटीहरुले कोष बृद्धिका लागि देउसी खेल शुरु गरेका छन् ।
आज एमाले वडा कमिटी दमक १६ र वडा कमिटी १९ ले वडा र टोलभित्र देउसी खेलिरहेको पार्टीले जनाएको छ । एमाले वडा कमिटी १६का अध्यक्ष कुमार साम्सोहाङले आज र भोली वडाभरि देउसी खेल्ने बताए।
भोलीबाट नगर कमिटी, क्षेत्रीय कमिटी, केन्द्रीय स्तरका नेता सहितको टोली बनाएर देउसी खेल्ने तयारी भएको एमाले नगर अध्यक्ष अम्विका खनालले बताएका छन् ।




Comments