तिहारका अवसरमा अन्तर सदनात्मक देउसी भैलो प्रतियोगिता




५ कार्तिक, दमक।
दमक- १४ स्थित सरस्वती उच्च माविले तिहारको अवसर पारेर शुभकामना आदन प्रदान तथा अन्तर सदनात्मक देउसी भैलो प्रतियोगिता सम्पन्न गरेको छ । सो प्रतियोगितामा माछापुच्छ्रे सदन पहिलो र अन्नपूर्ण सदन दोश्रो भएका थिए ।
प्रतियोगितामा ६ वटा सदनले भाग लिएका थिए । उत्कृष्ट ठहराइएका सदनका सहभागि टिमलाई नगद पुरस्कार समेत प्रदान गरिएको बिद्यालयका शिक्षक देवीभक्त निरौलाले जानकारी दिए ।


विद्यालयका प्राचार्य दिलीपकुमार श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रमका वक्ताहरुले आधुनिकताका कारण देउसी भैलो संस्कृति हराउँदै गएकोले संस्कृति संरक्षणका लागि यस किसिमका देउसी भैलो कार्यक्रम माध्यम बन्न सक्ने बताएका थिए ।
सो कार्यक्रमका संयोजक सीताराम भट्टराई रहेका थिए भने सञ्चालन तुलसी निरौलाले गरेका थिए ।



Comments