छुरा प्रहारबाट एक किशोर घाइते





११ कार्तिक, मोरङ।
मोरङको इटहरामा छुरा प्रहारबाट एक किशोर गम्भीर घाइते भएका छन् । सोमबार साँझ स्थानीय युवाहरूबीच भएको वादविवादका क्रममा छुरा प्रहारबाट इटहरा ८ का १७ बर्षिय दिलकाजी देउजा घाइते भएका हुन् ।
सामान्य विवादका क्रममा सोमबार राति साढे १० वजेतिर इटहरा ८ का १८ वर्षिय अभिषेक भट्टराई, १९ वर्षिय अशोक नेपाली, योगेश राई र २० वर्षिय मिलन राईले देउजामाथि छुरा प्रहार गरेका थिए ।
उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र छुरा प्रहार गर्ने चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिएको प्रहरी चौकी इटहराले जनाएको छ ।


Comments