कखराले रूवायो दर्शकलाई




९ कार्तिक, दमक।
झापाको दमकस्थित पाथिभरा हलमा प्रदर्शन भएको कखरा डकुमेन्ट्री चलचित्रले आज धेरै दर्शकलाई रुवाएको छ ।
शौचालयमा बन्दी भई ज्यान गुमाएको बच्चाको घटनाले दर्शकलाई रुवाएको चलचित्र निर्माता विनोद लामाले बताए । चलचित्र हेरेर शिक्षक राम आचार्यले 'यो चलचित्र शिक्षक, विद्यार्थी र अभिभावकले हेर्नु पर्ने, धेरै राम्रो' भएको बताए।
अगुवा लोक गायक एलपी जोशीले नेपालका बालबच्चा सम्बन्धी चलचित्रमध्ये आफूलाई सवै भन्दा राम्रो यो चलचित्र लागेको बताए । चलचित्रले रुवाउने मात्र हैन, बालबच्चालाई विद्यालय तथा अभिभावकले के गर्नु पर्छ भन्ने विषयमा धेरै सकरात्मक सन्देश बोकेको जोशीले बताए ।





विहान ९ बजेको प्रिमयर शोमा सहभागी लगभग ५ सय दर्शक सवैले चलचित्र राम्रो भएको प्रतिकृया पाउँदा चलचित्रका निर्देशक तथा लेखक संचारकर्मी डिकेश लामाले आफूले दर्शकलाई दिन खोजेको दण्डहीन शिक्षाको सन्देश सफल भएको बताए।
प्रदर्शनीका क्रममा डकुमेन्ट्रीका मुख्य कलाकार मध्येका श्रीकृष्ण न्यौपाने, तेज पाण्डे, निर्माता विनोद लामा र निर्देशक डिकेश लामाको उपस्थिति रहेको थियो ।
चलचित्र हेर्न दमक नगरका राजनैतिक अगुवा, शिक्षक र महिलाहरु लगायतको सहभागिता रहेको थियो ।




Comments