सञ्चार उद्यमीको चलचित्र मोह




६ कार्तिक, सुनसरी ।
पूर्वको ब्यापारीक केन्द्र इटहरीमा पहिलोपटक लोकप्रिय टेलिभिजन स्माइल एरिना टेलिभिजन स्थापना गरेका युवा सञ्चार उद्यमी समिर कार्की यतिबेला चलचित्र निर्देशनतर्फ लागेका छन् ।
टेलिभिजन स्थापना भएको दोश्रो वर्षमै अपार सफलता पाएपछि युवा उद्यमी कार्की दिपावली सकिएलगत्तै क्राइम पेट्रोल लिएर दर्शकहरुमाझ आउने भएका हुन्।
सो टेलिचलचित्रमा समाजमा भएका सत्य घटनाहरुमा आधारीत कथा वस्तुहरु समेटिने एरिना टेलिभिजनका समेत निर्देशक रहेका चलचित्रका निर्देशक कार्कीले बताएका छन् ।
समाजमा भएका सत्य घटनाहरु टेलिभिजनको पर्दामा उतारी निरन्तर खबरदारी गर्ने उद्देश्यका साथ पूर्वबाट क्राइम पेट्रोलको सुरुवात गरिएको कार्कीको भनाई छ ।
उनका अनुसार सो धारावाहिक चलचित्रको पूर्वका पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको छ ।
प्रहरी प्रशासन, अदालतलगायत स्थानीय निकायहरुको सल्लाह र सहयोगमा सुरु भएको क्राइम पेट्रोलको छायाङ्कन लगभग अन्तिम चरण पुगेको निर्देशक समिर कार्कीले बताए ।
पूर्व लगायत राष्ट्रिय कलाकारहरुको अभिनय रहने सो धारावाहिक टेलिफिल्म पूर्वको इटहरीबाट प्रसारण हुने टेलिभिजन एरीनालगायत पश्चिमका क्षेत्रीय टेलिभिजन च्यानलहरुबाट पनि प्रसारण गरिने टेलिभिजन निर्देशक तथा फिल्म निर्देशक कार्कीले बताए ।


Comments