दिपावलीको अवसरमा क्षेत्रीय नकाउट क्रिकेट प्रतियोगीता




५ कार्तिक, दमक।
झापाको कोरावारीमा रहेको कोरावारी यूवा क्लवले शुभदिपावलीको अवसरमा आयोजना गरेको क्षेत्रीय नकाउट क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ । असोज ३१
गतेदेखि शुरु भएको प्रतियोगीता बुधबार सम्पन्न भएको हो ।
क्लवका अध्यक्ष बालकुमार सुब्बाका अनुसार १४ वटा क्लव तथा समूहको सहभागिता रहेको प्रतियागीताको उपाधि फ्रेन्स क्लव खजुरगाछीले जितेको छ । उप बिजेता भने गतिशील युवा क्लव बैगुन्धुरा बनेको छ ।
उपाधी जित्ने क्लवले नगद १० हजार रूपैयाँ, ट्रफी र प्रमाणपत्र र उप बिजेताले छ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष सुब्बाले बताए। बिजेता क्लव तथा समुहलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी चन्द्र सुब्बाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
समापन कार्यक्रममा कोरोबारी गाबिसका सचिब भोजकुमार अधिकारी, कोरोबारी गाबिसका पूर्व अध्यक्ष बिष्णुप्रसाद न्यौपाने लगायतले बोलेका थिए । उनीहरुले ग्रामिण क्षेत्रमा स्थानीय प्रयासमा भएको यस प्रतियोगीता यस क्षेत्रमा
नियमित गर्नका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।


Comments