खानेपानी र प्रहरीलाई २० लाखको जग्गादान





१ कार्तिक, दमक।
झापाको बैगुनधुराका दुईजना दाताले खानेपानी तथा सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि कम्तीमा २० लाख रूपैयाँ मूल्य बराबरको जग्गा दान गरेका छन् ।
बैगुनधुरा-२ मा सशस्त्र प्रहरीको भवन बनाउन स्थानीय दाता कोषराज गड्तौलाले १० लाख रूपैयाँ मूल्य पर्ने ८ कठ्ठा जग्गा र सिताराम भट्टराईले खानेपानीको कार्यालय र टयाङकी निर्माण गर्न कम्तीमा १० लाख रूपैयाँ पर्ने ११ कठ्ठा जमीन दिएका हुन् ।
जग्गादान दिइएको सो क्षेत्रमा स्थानीय बासिन्दाहरुको सक्रियतामा खानेपानी तथा सशस्त्र प्रहरीको भवन बनाउन पहल गरिने जनाइएको छ । दाताले जग्गाको रजिष्ट्रेशन पाससमेत गरिदिएका छन् ।



Comments